झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटनाः १ को मृत्यु २० घाइते

झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटनाः १ को मृत्यु २० घाइते

१२ माघ, २०७६, काठमाडौं ।
झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा दुर्घटना भएको छ ।
माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका ११ का मोहन महर्जन रहेका छन् ।
दुर्घटनामा घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।