April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

बढदैछ बैदेशिक रोजगारको निम्ती श्रम स्वीकृति लिनेको संख्या

बढदैछ बैदेशिक रोजगारको निम्ती श्रम स्वीकृति लिनेको संख्या

माघ १२, काठमाडौँ ।
देशमा राजनीति अस्थिरता, बढ्दो जनसंख्याको कारण दिनँहु एयरपोर्टमा बैदेशिक राजगारको लागि जाने युवाहरुको घुइँचो नै हुन्छ । देशमा बेरोजगारको चटारोले गर्दा खाडी देशदेखि अफ्रिकासम्म रोजगारीमा जाने भन्दै देशका साढे दुई लाख युवाहरुले श्रम स्वीकृति लिएका छन् । नेपालबाट श्रम स्वीकृति लिएपछि मात्र बैदेशिक रोजगारको लागि योग्य मानिन्छ ।
चालू आर्थिक वर्षको छ महिनामा विदेश जानको लागि दुई लाख ५० हजार एक सय ९२ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ८५ प्रतिशत भन्दा बढी युवाहरु खाडी मुलुकमा जाने पक्का छ । बाँकी युवाहरुले अमेरिका, युरोप देखि लिएर अफ्रिकी मुलुकमा कामका लागि जाने भन्दै श्रम स्वीकृति लिएका हुन् ।
नेपालले हालसम्म सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि युवाहरु कामको खोजीमा सयभन्दा बढि मुलुकमा जाने गरेका छन्  । नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, जोर्डन, दक्षिण कोरिया र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ ।
पछिल्लो छ महिनाका अवधिमा सबैभन्दा बढी मंसिर महिनामा करिब ५७ हजार र सबैभन्दा कम असोज महिनामा करिब १९ हजार जना युवाहरुले विदेश जाने भन्दै श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिने युवाहरुमध्ये उच्च सीपयुक्त युवाहरुको संख्या भने अत्यन्त न्यून रहेको छ ।
यस्तो छ पछिल्लो महिनामा श्रम स्वीकृति लिनेको संख्या
साउनमा
२८ हजार नौ सय ५८ जना पुरुष र तीन हजार चार सय ५० जना महिला गरी कुल ३२ हजार चार सय आठ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् ।

असोजमा
१८ हजार सात सय ७१ जना र भदौमा ३८ हजार सात सय चार जना गरी कुल ५७ हजार चार सय ७५ जना युवाहरुले विदेश जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा
५१ हजार दुई सय ७४ जना (पुरुष ४७ हजार एक सय १६ जना र महिला चार हजार एक सय ५८ जनाले श्रम स्वीकृति लिएका छन्  ।

मंसिरमा
मंसिर महिनामा मात्र ५३ हजार दुई सय १५ जना पुरुष र तीन हजार पाँच सय ९५ जना महिला गरी कुल ५६ हजार आठ सय १० ५८ जनाले श्रम स्वीकृति लिएका छन् ।
पुसमा
महिनामा ५२ हजार दुई सय २५ जना युवाहरु जसमा पुरुष ४८ हजार आठ सय ५८ जना र महिला तीन हजार तीन सय ६७ जना रहेका छन् ।