सरकारी एम्बुलेन्समा गाँजा तस्करी

सरकारी एम्बुलेन्समा गाँजा तस्करी

१२ माघ, २०७६, काठमाडौं ।
नेपालमा लागू औषधको अवैध दुव्र्यसन तथा यसको प्रयोग बढदै गइरहेको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको एम्बुलेन्स तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको सरकारी एम्बुलेन्स बा.२ झ १७४९ नम्बरको रहेको र उक्त एम्बुलेन्सबाट ३० किलो ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । एम्बुलेन्स सँगै एम्बुलेन्स चालक ३९ वर्षीय महमद खलिद र २२ वर्षीय विनोद सहनीलाइ समेत पक्राउ गरी थप अनुसन्धान जारी राखीएको प्रहरीले जनाएको छ । उनिहरुले चलाखि गरेर तीनवटा झोलामा ६ पोका बनाइ गाँजा एम्बुलेन्समा राखेका थिए । प्रहरीले उनिहरुबाट नेपाली ९१ हजार र भारतीय २ हजार २ सय रुपैयाँसमेत बरामद गरेको छ ।