संसारकै महंगो सुनको विमान

संसारकै महंगो सुनको विमान

१२ माघ, २०७६, काठमाडौं ।
पशुपतिनाथको गजुर सुनले बनेको थियो भनेर सुन्दा अचम्म मान्ने हामीलाई सुनले बनेको विमानको बारेमा सुन्दा अचम्म लाग्नु स्वभाविक पनि हो । हामीलाइ थाहा भएकै कुरा हो, मानिसहरु समयको सदुपयोग गर्दै छिट्टै नै आफ्नो गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् ।
हवाइजहाजको विषयमा विभिन्न रोचक घटनाहरु बेला बखत सार्वजनिक भइरहेका हुन्छन् । आज हामी एउटा संसारकै महंगो विमानबारे चर्चा गर्दैछौ जुन बिमान सुनै सुनले बनेको छ ।
मुल्य पाँच सय मिलियन डलर रहेको उक्त बस ए ३८० बिमानका मालिक हुन् साउदी अरबका प्रिन्स अलवालिदविन तलाल ।

यो विमान संसारकै महँगो विमान भएको दावी गरिएको छ । प्रिन्स अलवालिदविनले विमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् । हेर्दा आकर्षण देखिने यो विमानको भित्री भाग पनि पूरै सुनले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ