April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सापकोटाले लिए पद तथा गोपनीयताको शपथ

सापकोटाले लिए पद तथा गोपनीयताको शपथ

माघ १३, काठमाडौं ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा आज पद तथा गोपनीयताको शपथ लिएका छन् । करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै पूरा भएको छ ।
नेकपाले लामो कसरतपछि सापकोटालाई सभामुख चयन गरेपछि रिक्त पद पूर्ति भएको हो । सभामुखमा नेकपाबाट सापकोटाको भन्दा अरू उम्मेदवारी नपरेपछि सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए । शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन् ।
सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयको कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा जेलमा परेपछि उनी सभामुख भएका हुन् ।