May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

देउवा लत्रिएपछि काँग्रेसको केन्द्रीय समिति बैंठक बस्दै

देउवा लत्रिएपछि काँग्रेसको केन्द्रीय समिति बैंठक बस्दै

माघ १३, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफू इतर पक्षलाई पनि भाग दिन तयार भएपछि केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा गर्दे बैंकठ बस्न लागेको हो ।
देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ । नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।
शुक्रबार बसेको शीर्ष नेताले बैठकले महाधिवेशनको कार्यतालिका र कार्य्विधि परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का साथै नेताहरु रमेश लेखक र मिनेन्द्र रिजाल लाई जिम्मेवारी दिएको थियो ।
गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । ११ पुसमा भएका निर्णयमा हेरफेर हुने विषय आजको बैठक केन्द्रीत हुने छ ।
संस्थापन इतर पक्षले केन्द्रीय महाधिवेशन विषयमा एकलौटी निर्णय भएको भन्दै त्यही मितिमै भएपनि सहमतिबाट केन्द्रीय समितिले निर्णय लिनु पर्ने बताउँदै आएका थिए । गत मंसिर देखि केन्द्रीय समिति बैठकमा अनपस्थिति संस्थापन इतर पक्ष पनि आजको बैठकमा सहभागी हुनेछ । आजको बैठकमा महाधिवेशन गर्ने मिति यतावत् राखेर तल्लतो तह कार्यतालि र कार्यविधिको संशोधन प्रस्ताव पेश गर्ने तयारी गरको छ ।