June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस प्रस्ताब

लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस प्रस्ताब

१३ माघ, २०७६, काठमाडौं
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताब गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५।७६ को मु–नाफा बाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । प्रस्ताब गरेको लाभांश बीमा समितिबाट स्वीकृति भएपछि वार्षिक सेयरधनीहरुलाई वितरण गरिने भएको छ् ।
कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ९.७५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । कम्पनीको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले नगद लाभांस प्रस्ताब गरेको हो ।