May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सहिद स्मारक ए डिभिजन लिगमा नवौँ चरणका खेल दशरथ रंगशालामा हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा नवौँ चरणका खेल दशरथ रंगशालामा हुँदै

१३ माघ, २०७६, काठमाडौं
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज बाट नवौं चरणका खेल काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नवौँ चरणको पहिलो खेलमा नेपाल पुलिस र एपीएफ बिच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने खेलमा एपीएफलाई हराउन सके, पुलिस शीर्ष पाँचमा पुग्नेछ । ५ अंकका साथ तालिकाको १३ औँ स्थानमा रहेको एपीएफ पनि जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ ।
रंगशालामा नै दिउँसो ३ बजे मच्छिन्द्र क्लब र थ्रीस्टारले प्रतिस्प्रर्धा गर्नेछन् । थ्रीस्टारलाई हराउन सके, मछिन्द्र शीर्ष स्थानमा पुग्नेछ । पहिलो दिन लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गरेको थियो ।
आज दुबै टोली एकअर्का विरुद्ध जित निकाल्दै उपाधि होडमा रहेका छन् । दुबै टोलीमा राष्ट्रिय टोलीका सदस्यहरुको जमघट रहेकाले आजको खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पहिलो दिन लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको थियो । उसले ४ जित र २ बराबरी खेलेको छ । शेर्पा ४ बराबरी र २ हारसहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ ।