June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ने वि संघका नेताहरूबीच झडप, कुन्दनराज काफ्लेमाथि हातपात

ने वि संघका नेताहरूबीच झडप, कुन्दनराज काफ्लेमाथि हातपात

१३ माघ, २०७६, काठमाडौं
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका नेताहरूबीच झडप भएको छ । झडपमा कुन्दनराज काफ्लेमाथि हातपात भएको छ । उनी विधान कार्यान्वयनको लागि दबाब दिन लामो समयदेखि रिले अनशनको नेतृत्व गर्दै आएका छन् ।
काफ्लेमाथि पार्टी सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीका नेता तथा कार्यकर्ताले हातपात गरेका हुन् ।
नेताहरूले गरेको भागबण्डामा सहमत रहेको पक्ष र विधान कार्यान्वयन गर्नुपर्छ भन्ने समुहबीच झडप भएको बताइएको छ ।