June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

निर्माता ओझाले गरेको कामले युवा यूवतीहरुको अध्ययन गर्ने चाहना पुरा गर्ला त ?

निर्माता ओझाले गरेको कामले युवा यूवतीहरुको अध्ययन गर्ने चाहना पुरा गर्ला त ?

१३ माघ, २०७६, काठमाडौं

फिल्म क्षेत्रका एक बलियो खम्बाको रुपमा रहेका छविराज ओझाले हालसम्म धेरै चलचित्र निर्माण गरीसकेका छन् । युवा यूवतीहरुको फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन गर्ने चाहनालाई मध्यनजर राख्दै निर्माता ओझाको समुहले ‘कान्तिपुर फिल्म एकेडेमी’ को पहिलो शाखा इटहरीमा सञ्चालन गर्ने भएको छ ।
युवा पुस्ताको फिल्म सम्बन्धि अध्ययन गर्ने चाहानालाई पुरा गर्ने उदेश्य सहित निर्माता ओझाले ४ वर्ष अगाडि काठमाडौंमा थापागाउँको मन्दिर नजिकै ‘कान्तिपुर फिल्म एकेडेमी’ सञ्चालनमा ल्याएका थिए । ओझाले उक्त एकेडेमी को पहिलो शाखा इटहरीमा सञ्चालन गर्न लागेका हुन् ।
एकेडेमीको इटहरी शाखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्षमा अध्ययन गराउनेछ । उक्त शाखा माघ १६ गते औपचारिक रुपमा थालनी हुने भएको छ ।
दक्ष तथा अनुभवी प्रशिक्षकबाट तालिम दिइने र फागुन १ गतेबाट सञ्चालन हुने पहिलो ब्याचको एउटा कोर्षमा १२ जना मात्र राखिने छ ।