June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपालमा बहुमुल्य खनिजको अध्यानः कहाँ अनुसन्धान हुँदैछ

नेपालमा बहुमुल्य खनिजको अध्यानः कहाँ अनुसन्धान हुँदैछ

माघ १४, काठमाडौँ ।
नेपाल प्राकृतिक रुपले भरिपुर्ण देश हो । प्राकृतिक स्रोत साधन समृद्धिको पहिलो आधार मानिन्छ । नेपालमा विभिन्न प्रकारका बहुमुल्य खानी भएको अनुमान सहित अध्धयन गरिए पनि अहिले सम्म उत्खनन् हुन सकेको छैन् । नेपालमा पछिल्लो समय चुनढुंगा खानीमा विशेष आकर्षण बढ्दै गएको छ । चुनढुंगा विशेष गरी सिमेन्ट बनाउन प्रयोग गरिन्छ् । नेपालमा सबै भन्दा बढि पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना रहेको छ् । एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने अनुमान गर्न सकिन्छ् ।
नेपालमा खानी तथा भूगर्भ विभागले चुनढुंगा प्रयोगमा ल्याउनको निम्ती ५४ वटा लाइसेन्स प्रदान गरेको छ । नेपालमा बहुमूल्य धातु सुन खानीको अनुमान गरेपनि सरकारको तर्फबाट सुन खानि उत्खनन् गर्नको लागि केहि पहल भएको छैन् ।
नेपालमा सुन खानि तिन पटक अध्ययन गर्दा पनि उत्खनन् भने शुन्य रहेको छ् । नेपालमा हाल ११ स्थानमा सुनखानि रहेको अध्ययनले देखाएको छ । हालसम्म नौ वटा कम्पनीलाई सुन उत्खनन्का लागि अनुमति प्रदान गरेको छ् । नेपालमा बर्षेनि व्यापार घाटा भईरहेको छ् । नेपाल सरकारले आत्मानिर्भरको लागि कुनै पहल गरेको देखिदैन् । देशलाई आर्थिक समृद्धिको योजनामा तथा कार्यक्रममा समेत सुनको महत्वपुर्ण भुमिका रहेको हृन्छ् । सुनखानिको लागि अरु खानि भन्दा बढि लागत लागने , नेपालमा प्रविधि तथा प्राविधिक र परीक्षण गर्ने राम्रो ल्याब नभएर पनि सुनखानि उत्खनन्मा समस्या देखि रहेको छ् ।
सुनखानि रोल्पाको लुंगी खोला, बैतडीको बांगाबगर, गोरङ, जमारीगाढ, डडेलधुराको बामनगाउँ, बूढीगण्डकीको बालुवामा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, दैलेख लगायतका जिल्लामा सुनखानी रहेको भूगर्भशास्त्रीहरुको अनुमान छ । नेपालमा खनिज उत्खनन्लाई प्रभावकारी बनाउन स्वदेशमै माइनिङ, इन्जिनियरिङ, जियो फिजिक्स, जियोकेमेस्ट्री र रिमोटसेन्सिङमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । खनिजजन्य पदार्थको उत्खनन प्रशोधन र उचित बजारीकरण गर्न सके त्यसबाट सिंगो मुलुकको मुहारमा आमुल परिवर्तन गर्न सकिन्छ । सरकारी अध्ययन अनुसार देशका ५ दर्जनभन्दा बढी स्थानमा उत्खनन् गर्न सकिने खानी रहेका छन् । नेपालले खानीजन्य उद्योगबाट फाइदा लिन सकेको छैन । बहुमूल्य खनिजको उत्खनन् सम्भाव्यता अध्ययनमा मात्र रहेको छ् ।
सरकारले गरेको अध्ययनले नेपालमा २१ धातु खनिज, २३ औद्योगिक खनिज, ६ किसिमका रत्न खनिज, ९ किसिमका निर्माणजन्य खनिज रहेको देखाएको छ ।

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट एक, मार्बल तीन, स्ल्याब आठ, म्याग्नेसाइट एक, जिङ्क एक, कायनाइट ९, क्याल्साइट एक र टुर्मा्लिनका १२ रहेका छन् ।

महाशाखाका अनुसार खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे छ ।
नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चार खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् ।

नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् ।