May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१४ माघ, २०७६, काठमाडौं ।
कुमारी बैंकको ऋणपत्र भर्ने आज मंगलबार (माघ १४ गते) अन्तिम दिन हो । गत पुस १४ गतेदेखि बैंकर्ले १०.२५५ कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु को लागि बिक्री खुलाएको हो । कुमारी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र विक्रि गर्न लागेको हो ।
कुमारी बैंकको विक्रि ऋणपत्रमा १२ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई बैंकले आफ्नो नेतृत्वमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासन गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो ।
इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । यसमा बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंक रहेको छ ।
आवेदन दिँदा प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।