April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सनराइज बैंकको शाखारहित बैंकिङ् सेवा मोरङको मृगौलियामा

सनराइज बैंकको शाखारहित बैंकिङ् सेवा मोरङको मृगौलियामा

१४ माघ, २०७६, काठमाडौं ।
सनराईज बैंकले थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले मोरङको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घघाटन सुन्दरहरैचा नगरपालिका–२ का अध्यक्ष दोरीलाल चौधरी र सदस्य रामलाल गच्छधारले गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनिति दलका नेता ,स्थानियवासी र बैंकका कर्मचारिहरुको सहभागिता रहेको थियो ।
शाखारहित सेवाबाट शाखा कार्यालय नभएका ठाँउमा समेत निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने छ ।