नेकपाका नेता तथा सांसदहरुले दिए आस्थालाई रिहा गर्न दबाव, राउत भने सोमबार बेलुकै अस्पताल भर्ना
१४ माघ, २०७६, काठमाडौं ।
गायिका आस्था राउतलाई अनुसन्धानका लागि प्रशासनले अनुमति दिएसँगै यसको चारैतिर आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यसको खुलेर विरोध भइरहेकै बेला नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् ।
उनिहरुले राउतले कमी कमजोरी महसुस गरेर आत्मसमर्पण गरेपनी प्रशासनले उनीमाथी ज्यादती गरेको आरोप लगाएका छन् ।
उता गायिका आस्था राउतलाई भने स्वास्थ्यमा समस्या आएको भन्दै हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा लगिएको छ । उनलाई सोमबार बेलुकै अस्पताल भर्ना गरिएको हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । प्रहरी जवान श्रेष्ठले किटानी राउत विरुद्घ जाहेरी दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस्