May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

इटहरीका मेयर द्वारीकलाल चौधरीले एकैदिन यतिठुलो संख्यामा कर्मचारीलाई जागिरबाट हटाए

इटहरीका मेयर द्वारीकलाल चौधरीले एकैदिन यतिठुलो संख्यामा  कर्मचारीलाई जागिरबाट हटाए

१४ माघ, २०७६, काठमाडौं
अब भ्रष्टाचारीका दिन सकिएको, भ्रष्ट कर्मचारीलाई तह लगाउने अभिव्यक्ति दिएर चर्चामा आएका इटहरीका मेयर द्वारीकलाल चौधरीले सोमबार एकै दिन इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीलाई जागिरबाट हटाइदिएका छन् ।
नवीकरण नगरी मेयरको एकल निणर्यबाट करार सम्झौता सकिएको समयमा चौधरीले यति ठुलो संख्यामा कर्मचारी निकालिदिएका हुन् । । निकालिएका कर्मचारीमा अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठलगायत अन्य नौ जना स्वास्थ्य क्षेत्रका रहेका छन् ।
निकालिएका कर्मचारी सबै करारमा नियुक्ति भएका हुन् ।