गायिका आस्था राउत ४ हजार धरौटीमा रिहाः गरिन् प्रहरीको प्रशंसा

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहाः गरिन् प्रहरीको प्रशंसा

१४ माघ, २०७६, काठमाडौं ।

गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् । हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले प्रहरीको खुलेरै प्रशंसा गर्दै गल्ति आफ्नै भएको जिकिर गर्दै, प्रहरीप्रति हेर्ने उनको दृष्टिकोण समेत परिवर्तन भएको कुरा सञ्चारकर्मीसँग व्यक्त गरिन् ।
धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ ।
अभद्र व्यवहारको मुद्दामा उनी हिरासतमा थिइन् ।