June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वीरेन्द्रनगरमा गोली चल्यो

वीरेन्द्रनगरमा गोली चल्यो

१४ माघ, २०७६, काठमाडौं ।
वीरेन्द्रनगर, गौतमचोकमा गोली चलेको छ । स्थानीयले ट्रिपर दुर्घटनाको विषयलाई लिएर दोषीलाई कारबाही र पीडित परिवारलाई राहत माग्दै आन्दोलन गर्दै आएका थिए । सोही भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । गौतमचोकमा भे १ ख २२४२ को ट्रिपरले किच्दा कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।