April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

लामो रस्साकसी पछि पर्यटन बोर्डको कार्यकारीमा डा. धनञ्जय रेग्मी नियुक्त

लामो रस्साकसी पछि पर्यटन बोर्डको कार्यकारीमा डा. धनञ्जय रेग्मी नियुक्त

माघ १५, काठमाडौ ।
सरकारले लामो रस्साकसी पछि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा पर्यटन र उर्जा ब्यावसायी डा. धनञ्जय रेग्मीलाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी संयोजक रहेको छनौट समितिले मंगलबार स्याङ्जा घर भएका रेग्मीलाई छनौट गरेको हो ।
अन्तिम सूचीमा परेका हिक्मत ऐर र दिपक बस्ताकोटीसहित ३ जनामध्येबाट गएको हप्ता नै सीईओ छान्नुपर्ने भए पनि मन्त्रीपरिषमा भएको रस्साकसी विच समितिले मंगलबार चार बर्षको लागि रेग्मीलाई नियुक्त गरेको हो ।