April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेकपाको केन्द्रीय बैंठक बस्ने, यस्तो छ एजेण्डा

नेकपाको केन्द्रीय बैंठक बस्ने, यस्तो छ एजेण्डा

माघ १५, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि बिहान ११ बजे देखि बस्न लागेको नेकपाले जनाएको छ । पार्टी एकतापछि दोस्रो पटक बस्न लागेको बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने छन् । यस अघि हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ ।
केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् । पार्टी कार्यालयमासबै अट्न सम्भव नभएकाले सभागृहको हल बुक गरिएको नेकपाले जनाएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन ्।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि वामवेद गौतम लाई उपाध्यक्ष बनाउँने प्रस्ताब पेश हुने छ ।
अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य दिने छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी छ । त्यस्तै महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् ।