June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रिचार्जरबाट सिनेमाको टिकट किने नगद फिर्ता पाइने

रिचार्जरबाट सिनेमाको टिकट किने  नगद फिर्ता पाइने

१५ माघ, २०७६, काठमाण्डौ ।
जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इकमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवा दिँदै आएको मोबाइल एप रिचार्जरले बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैंया नगद फिर्ता दिने भएको छ । मोबाइल एप रिचार्जरले जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको छ ।
त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको सर्भिस पनि थप गरेको छ ।
सेलमा २० हजार २० रुपैंयामा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । रिचार्जरका नयाँ प्रयोगकर्ताहरु मध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ । कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन् ।
रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका भ्रमण प्योकजहरु सस्तो मूल्यमा उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसैगरी हरेक खरिदकर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ ।
विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।