May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

खतरनाक कोरोना भाइरसले चिनमा मात्रै मृत्यु हुनेको सँख्या १३२ पुग्यो

खतरनाक कोरोना भाइरसले चिनमा मात्रै मृत्यु हुनेको सँख्या १३२ पुग्यो

१५ माघ, २०७६, काठमाण्डौ ।
हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निक्कै खतरनाक मानिएको छ । चीनको वुहान शहरमा पहिलो पटक फेला परेको कोरोना भाइरसले विश्वभर चिन्ता बढाएको छ । यसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । त्यस्तै, बुधबार बिहानसम्म चीनमा मात्रै ५ हजार ९ सय ७४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

नोबेल कोरोना नाम दिइएको यो भाइरस नियन्त्रण हुनुको साटो थप फैलिँदै गएपछि चीनसहित संक्रमण फैलिएका मुलुकहरुमा मानिसहरुले आफ्नो खानेकुरालगायत दैनिक उपभोग्य सामग्रहरु स्टोर गर्न थालेका छन् । उनीहरुले बजारमा भएको सामान घरमा स्टोर गर्न थालेपछि बजार रित्तिन थालेको सीएनएनले जनाएको छ ।
यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिएको छ । पछिल्लो एक अध्ययनले यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने देखाएको छ । आज हामी कोरोना भाइरसको लक्षण, सर्ने तरिकाको साथै यसबाट बच्ने उपायबारे चर्चा गर्दैछौ ।
लक्षण –

रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो ।
सर्ने तरिका –

सामान्य रुघाखोकी जस्तै यो भाइरसको संक्रमण भएको व्यक्तिसँगको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यो भाइरसको संक्रमण हुने गर्छ ।
बच्ने उपाय –

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसबाट घरबाट बाहिर हिड्दा मास्क लगाउने, हात मिलाउनुको सट्टामा नमस्ते गर्ने, बाहिर दुल्ला ठाउँबाट आएपछी साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ । साथै, यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहनुपर्छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ७० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।