April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

चेक डिपोजिट गर्न जाँदा अनिवार्य रुपमा तीन पुस्ते विवरण चाहिने

चेक डिपोजिट गर्न जाँदा अनिवार्य रुपमा तीन पुस्ते विवरण चाहिने

१५ माघ, २०७६, काठमाण्डौ ।
राष्ट्र बैंकले केही समयअघि नै एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएसंगै अब बैंकमा चेक डिपोजिट गर्न जाँदा अनिवार्य रुपमा तीन पुस्ते विवरण चाहिने भएको छ ।
सबै वाणिज्य बैंकहरुलाई यसमा आवद्ध हुन माघ १ गतेसम्मको समय दिइएको थियो । अहिलेसम्म डेढ दर्जन बैंकहरु गो एएमएल प्रणालीमा आवद्ध भइसकेका छन् । सबै वाणिज्य बैंकले अनिवार्य रुपमा यस प्रणाली सुरु गर्नुपर्ने हुन्छ । बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्नेछ ।
अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्छ । सम्पति शुद्धीकरणका लागि अन्तर्रा्ष्ट्रियस्तरमा सूचना समाविस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो–एएमएल नेपालमा पनि लागू गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
गो एएमएल लागु भएसंगै सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा जान्छ । गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्ने हुन्छ । गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ ।