April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

चन्द्रमामा सँगै जान जापानी धनाढ्य खोज्दैछन् प्रेमिका

चन्द्रमामा सँगै जान जापानी धनाढ्य खोज्दैछन् प्रेमिका

१५ माघ, २०७६, काठमाण्डौ ।
सन २०२३ मा स्टारशिप रकेट मार्फत चन्द्रमामा जाने योजनामा रहेका एक जापानी धनाढ्यले सामाजिक सञ्जाल मार्फत विज्ञापन प्रकाशन गर्दै जीवनसाथी खोजी गरेका छन् ।
उनको चन्द्रमामा जाने योजना सफ्mल भएमा ४४ वर्षीय युसाक मीजावा चन्द्रमामा पुग्ने पहिलो सर्वसाधारण हुनेछन् ।
४४ वर्षको उमेरमा पनी एक्लै भएका उनले अनलाइनमा अपील गर्दै केही सर्त यस्ता राखेका छन् । युवती सिंगल, २० वर्ष पूरा भएको , सकारात्मक सोच हुनुको साथै चन्द्रमामा जान इच्छुक हुनुपर्नेछ । र उनले आवेदन दिन सक्नेछिन् ।
मार्चको अन्तिममा उनले प्राप्त आवेदनबाट पार्टनर छान्ने भएका छन् ।