June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

चितवनबाट अफगानिस्तानका साहजादले प्रिमियर लिग खेल्ने पक्का

चितवनबाट अफगानिस्तानका साहजादले प्रिमियर लिग खेल्ने पक्का

१५ माघ, २०७६, काठमाण्डौ ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) चितवन टाइगर्सबाट अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान एवं विकेट किपर मोहम्मद साहजादले खेल्ने भएका छन् । चितवन टाइगर्सले प्रेस विज्ञप्ति जारी गर्दैे मोहम्मद साहजादले ईपीएल खेल्ने पक्का भएको जनाएको छ ।
साहजादले अबुधावी टी–ट्वान्टी, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिगमा खेलेका छन् । साहजाद एकै दिनमा टी–ट्वान्टी अन्तर्रा्ष्ट्रियमा दुई अर्धशतक प्रहार गरेको युनिक कीर्तिमानी खेलाडी पनि हुन् ।
साहजादले अफगानिस्तानबाट २ टेस्ट, ८४ वानडे इन्टरनेसनल र ६५ ट्वान्टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेलिसकेका छन् । चितवन टाइगर्सले साहजादलाई क्लबमा भित्र्याउन पाउँदा गौरव महसुस भएको बताएको छ ।
विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको अफगानिस्तानलाई वानडे अन्तर्रा्ष्ट्रिय र टेस्ट मान्यता दिलाउन सफल साहजादले सबै फर्म्याटमा गरी १३ हजारभन्दा बढी रन बनाएका छन् ।