April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेविसंघकी पूर्व नेतृ अधिकारीको निधन

नेविसंघकी पूर्व नेतृ अधिकारीको निधन

१५ माघ, २०७६, काठमाण्डौ

नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । उनको क्यान्सरले निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी श्रीमान् र दुई छोरा सहित अष्ट्रियामा बस्दै आएकी थिइन् ।
२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म स्ववियूको कोषाध्यक्ष थिइन् ।
नेविसंघकी नेतृ अधिकारीको अन्त्येष्टि अष्ट्रियामा नै माघ १७ गते शुक्रबार गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।