कोरोना भाइरसलाई कारण देखाउँदै ब्रिटिस एयरलाइन्सले गर्यो सबै उडान बन्द
१५ माघ, २०७६, काठमाण्डौ ।
चीनमा गर्दै आएको आफ्नो सबै उडान ब्रिटिस एयरलाइन्सले बुधबारदेखि आगामी मार्चसम्म उडान नभर्ने जनाएको छ । कोरोनाभाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले यस्तो कदम चालेको हो ।
अवस्था सामान्य नभएसम्म उडान नभर्ने जनाउदै एयरलाइन्सले लन्डनबाट सिधा बेइजिङ र सांघाईका बुकिङसमेत बन्द गरेको छ ।
चीनमा अहिलेसम्म कोरोनाभाइरसले १३२ जनाको मृत्यु र ६ हजार बढी संक्रमित भइसकेका छन् ।
चीनबाट फैलिएको कोरोनाभाइरस अमेरिका, जापान, अफ्रिकाका देशमा समेत देखिइसकेको छ । चीन बाहेकका विभिन्न देशमा ७० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। बुधबार मात्रै अस्ट्रेलिया र युएईमा कोरोनाभाइरस व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ । एजेन्सी ।
प्रतिकृया दिनुहोस्