५० सहरमा आजबाट टेलिकमको फोजी सेवा शुरु

५० सहरमा आजबाट टेलिकमको फोजी सेवा शुरु

माघ १५, काठमाडौं ।
नेपाल टेलिकमले बुधबारदेखि देशका ५० वटा सहरमा ‘फोरजी’ सेवा सुरु गरेको छ । टेलिकमले पहिलो चरणमा दमक, बिर्तामोड, धरान, विराटनगर, धनकुटा,
इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, रुकुम, बाग्लुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा र पर्वत लगायतका ठाउँमा ‘फोरजी’ सेवा शुरु गर्ने भएको हो ।
देशैभरी फोरजी सेवा पु¥याउन टेलिकमले गएको माघमा झण्डै २० अर्ब रुपैयाँमा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौतामा एक बर्षभित्र देशैभरी फोरजी सेवा र्पुयाउने भएकाले आउँदो माघसम्म देशैभरी फोरजी सेवा पुगिसक्ने टेलिकमको दाबी छ ।
फोरजी भनेको सबैभन्दा उच्च गतिको डाटा हो । २ सय ५० एमबीपीएससम्मको गतिमा इन्टरनेट चल्ने छ ।