June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

यस्तो रहेछ उपासनाले फिल्म नगर्नुको कारण

यस्तो रहेछ उपासनाले फिल्म नगर्नुको कारण

१५ माघ, २०७६, काठमाडौं ।
चलचित्र ‘क्याप्टेन’ बाट नेपाली फिल्ममा उदाएकी अभिनेत्री उपासना सिंह ठकुरी एक सुन्दर नायीका हुन् । ‘क्याप्टेन’मा उनको अभिनयलाई अत्याधिक रुचाइएको थियो ।
पछिल्लो समय उनलाई लिएर फिल्म बनाउन निर्माता र निर्देशक हानाथाप गरिरहे पनि उनले अफर आएका सबै फिल्म रिजेक्ट गरेर बसेकी छन् । आफ्नो अध्ययनलाई प्रमुख महत्व दिने सोचको कारण फिल्म साइन नगरेको उपासना बताउछिन् ।
पहिलो चलचित्र ‘क्याप्टेन’ बाट उनले सफलता पाउन नसकेपनी उनको अभिनय र सुन्दरताको प्रशंसा भने चारैतिर भएको थियो। उनको दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने उनलाई सफलताको स्वाद चखाएको छ ।
यो चलचित्र असोजको पहिलो साता प्रदर्शनमा आएको थियो । तर, यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । अहिलेका लागि उनको पहिलो प्राथमिकता पढाई भएको र आउँदो भदौसम्म कुनै फिल्ममा आबद्ध नहुने उनको भनाई रहेको छ ।