April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

एनआईसी र सामसुङ मोबाईल बिच फोन खरिदमा विशेष छुट दिने सम्झौता

एनआईसी र सामसुङ मोबाईल बिच फोन खरिदमा विशेष छुट दिने सम्झौता

१५ माघ, २०७६, काठमाडौं
एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एस टेन र टेन प्लस तथा सामसुङ ग्यालेक्सी नोट एस टेन र टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच सम्भौता भएको छ ।
माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने गरी उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरेका छन् ।
उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि खरिद गर्दा प्रत्येक खरिदमा १५५ देखि रु. ३,००० सम्म छुट हुनेछ । त्यस्तै विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १५ देखि ५०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्ने जनाएको छ ।
२० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकको मुलुकभर हालसम्म ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।