May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सनराईज बैंकको नाफा १९.१२ प्रतिशतले बड्यो

सनराईज बैंकको नाफा १९.१२ प्रतिशतले बड्यो

माघ १६ , काठमाडौँ ।
सनराईज बैंकले चालु आर्थिक वर्षको आफनो दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ् । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ७९ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसैअवधिको तुलनामा १९.१२ प्रतिशतले बढि हो ।
बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर २१ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा छ । बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा ०.४३ प्रतिशतले बढेर १.६९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा आधारदर ९.९९ प्रतिशत कायम भएको छ ।
बैंकको सञ्चालन नाफा १८.४२ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ५१ लाख ५० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १८.९३ प्रतिशतले ले बढेर २ अर्ब ४ करोड ७४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । पुस महिनाको अन्तिम सम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रुपैयाँ रहेको छ । बैकले आप्ःनो सामाजिक उत्तरदायीत्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ् । हाल देशभरि सनराईज बैंकको शाखा १३० ओटा रहेका छन् ।