June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

भारतीय पर्यटकको पहिलो रोजाई नेपाल तर नेपाल भ्रमण नै असहज बन्दै

भारतीय पर्यटकको पहिलो रोजाई नेपाल तर नेपाल भ्रमण नै असहज बन्दै

माघ १६ , काठमाडौँ ।
नेपालमा पर्यटक वर्ष २०२० धुमाधामका साथ मनाईयो । तर भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमण वर्ष २०२० असहज बन्दै गएको छ् । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरे पनि पर्यटकहरुको लागी सहज बातारण बनाउन सकेन् । केही समयअघि पोखरामा भारतीय सवारी साधन लिएर घुम्न जान निषेध गरिनु , स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुव्र्यवहार बढ्दै जानुजस्ता कारणले भारतीय पर्यटक घटन् थालेका छन् । नेपालको मनै लोभ्याउने प्राकृतिक सम्पदाले भारतिय पर्यटकको पहिलो रोजाईमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महशुस गर्दै आईरहेका छन् । नेपाल भ्रमणमा सबै भन्दा बढि भारतिय पर्यटक नै रहेका छन् । यस्तै अवस्था हुने हो भने २० लाख पर्यटक भित्र्याउन मुस्किल हुने देखिन्छ् ।
सन् २०१९ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमार्फत २ लाख ५४ हजार १ सय ५० भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए । स्थलमार्गको भैरहवा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, वीरगन्ज, विराटनगर र काकरभित्ता नाका प्रयोग गरी वार्षिक लाखौं भारतीय नेपाल भित्रिने गरेका छन् । ति नाकाबाट नेपाल आउने भारतीयहरू प्रायः आफ्नै सवारी साधनमा आउने गर्छन् । उनीहरूको मुख्य गन्तव्य लुम्बिनी, पोखरा, चितवन, जनकपुर, मुक्तिनाथ, इलाम, दामन, काठमाडौं नै हो ।
सवारी सहित जुन नाकाबाट प्रवेश ग¥यो त्यही नाकाबाट फिर्ता जानुपर्ने नीतिले पनि समस्या रहेको छ । पूर्वमा काकरभित्ताबाट सवारीसहित प्रवेश गरेका भारतीय पर्यटक सुदुर पश्चिमको महेन्द्रनगर घुमेर त्यहिबाट भारत फिर्ता जान सक्दैन, ऊ काकरभित्ताबाटै फिर्ता जानुपर्छ, यस्तो नियमले पनि उनिहरूले असहजता बढाएको छ् ।

नेपाल पर्यटन बोर्डले भारतमा नेपालका नीति नियमहरू के कस्ता छन भनि भारतीयहरूमाझ बुझाउन नसक्दा यो अवस्था सिर्जना भएको हो । नेपालमा शुशान निति नहुदाँ भारतिय पर्यटकले दुःख पाईरहेका छन् । नेपालमा धेरै भारतीय पर्यटकहरूको मुख्य उद्देश्य क्यासिनोमा रमाइलो गर्न आउनु पनि हो । भारतीय पर्यटकहरूलाई सहज तरिकाले यात्रा गर्ने गरी वातावरण सिर्जना गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । नेपाल भ्रमण वर्ष २०२०मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ् ।