June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेकपा केन्द्रीय समिति बैठक एमसीसी पारित गर्ने प्रस्ताव

नेकपा केन्द्रीय समिति बैठक एमसीसी पारित गर्ने प्रस्ताव

माघ १६ , काठमाडौँ ।
सत्तारूढ नेकपाको बैठकले एमसीसी पारित गर्नु पर्ने धारणा राखेको छ् । पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
एमसीसीबारे राजनीतिक दस्तावेजमा केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वाेपरि राखी आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहने’ उल्लेख गर्दै ओली–दाहालले एमसीसी स्वीकार गर्ने संकेत गरेका हुन् ।
एमसीसीका विपक्षमा रहेका नेकपा नेताहरूले यो परियोजना इन्डो प्यासिफिक रणनीतिअन्तर्गतकै भएको, यसले स्वाधीनता र सार्वभमौसत्तामाथि प्रहार गर्ने, आर्थिक प्रणालीमा अधिकार नहुने जस्ता प्रश्न उठाउँदै आएका छन् ।
पार्टी नेताहरूलाई जवाफ दिने शैलीमा प्रस्तुत भएका प्रधानमन्त्रीले यस विषयमा अमेरिकाले समेत प्रस्ट पारिसकेकाले अब अनावश्यक भ्रम छरिरहनु आवश्यक नरहेको बताएका थिए । ‘अमेरिकाले पनि पछिल्लो दिनमा यसमा स्पष्ट पारिसकेको छ । यसमा कुनै अनुचित सम्झौता छैन । यसले नोक्सान पार्ने, राष्ट्रिय स्वाधीनतामा आँच ल्याउने, विकास प्रयास, उत्तरदायित्व, अन्तर्रा्ष्ट्रिय सम्बन्ध कही पनि प्रतिकूल पार्ने अवस्था छैन,’ प्रधानमन्त्रीले भने, ‘यो सदनबाट पारित गर्नुपर्छ । सैन्य रणनीतिकै रूपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको प्रस्ताव अगाडि आएमा नेपालले त्यस प्रकारका कुनै पनि सहयोग प्रस्ताव मञ्जुर गर्न सक्दैन,’ राजनीतिक प्रतिवेदनको पृष्ठ ८ मा छ, ‘तर नेपालको राष्ट्रिय हितलाई सर्वाेपरि राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साक्षेदारी गर्न नेपाल सधंै तत्पर छ । अमेरिकाको इन्डो प्यासिफिक रणनीति उसको हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने, पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा अगाडि आएको दस्तावेजमा उल्लेख छ ।