May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

माघ १६ , काठकाडौ ।
नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधीएका छन् । सोमपालले प्रेमिका प्रतिभा घिमिरेसंग बुधवार लगनगाँठो कसेका हुन् । नेपाली क्रिकेटका प्रमुख हतियार कामी चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका छन् ।
विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभा बैवाहिक बन्धनमा बाँधिएका हुन् । समारोहमा क्रिकेटर र साथीहरु मात्र सहभागी थिए । बिवाह लगतै उनलाई सामाजिक सञ्जालभरी बधाई तथा शुभकामनाको दिनेको ओइरो नै लागेको छ ।
राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान पारस खड्काले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि विवाह बन्धनमा बाँधिएकोमा सोमपाललाई बधाई दिएका छन् ।