April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

रसुवाको लाङटाङमा प्रभु बैंकको नयाँ शाखा विस्तार

रसुवाको लाङटाङमा प्रभु बैंकको नयाँ शाखा विस्तार

माघ १६ , काठमाण्डौँ ।
शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्रभु बैंक लिमिटेडले २०६ औँ शाखाको रुपमा आज बिहीबारबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ–केन्जिङमा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइँकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ गुम्बाका प्रमुख लामा साङ्गे लामाले गरेका हुन् ।
बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ सेवा विस्तार गर्दै आईरहेको छ् । लाङटाङ शाखाबाट त्यहाँका स्थानीय, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।