April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

प्रभु बैंकको ‘वैदेशिक रोजगारी कर्जा’ योजना

प्रभु बैंकको ‘वैदेशिक रोजगारी कर्जा’ योजना

माघ १६ , काठमाडौँ ।
प्रभु बैंक लिमिटेडले बैदेशिक रोजगारी कर्जा योजना ल्याएको छ् । प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारहरुलाई लक्षित गरी ‘वैदेशिक रोजगारी कर्जा’ योजना सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारी कर्जा योजना सीप यूकेएड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

कामको खोजिमा विदेश गएका कामदार र तिनका परिवारको आर्थिक पहुँच अभिवृद्घि गर्ने उद्देश्यसहित सञ्चालित यूके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास छ ।
यो योजनाअन्तर्गत प्रदेश न. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेश बाटै कर्जा भुतmानी लगायत सुविधा पाउनेछन ।