May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

टि–२० क्रिकेटका लिजेण्ड गेल ईपीएल खेल्ने पक्का

टि–२० क्रिकेटका  लिजेण्ड गेल ईपीएल खेल्ने पक्का

माघ १६ , काठमाडौँ ।
क्रिस्टोफर हेनरी गेल (क्रिस गेल) नेपाल आउने पक्का भएका छन् । टि–२० का लिजेण्ड गेल (वेष्ट इन्डिज )का विष्फोटक ब्याट्सम्यान एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।
गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो । गेलका नेपालमा मात्र नभई क्रिकेट जगतमा नै उल्लेखनिय प्ःयान् रहेका छन् । जब गेल मैदानमा उत्रिन्छन् तब दर्शकहरु चौका , छक्का भनेर चिच्याउने गर्दछन् ।
यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका अर्का अलराउण्डर विष्फोटक ब्याटसम्यान ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ । साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।
गेलले कति म्याच खेल्ने भन्ने पक्का भइसकेको छैन । आईपीएल खेल्न भारत जानुपर्ने भएकाले नेपालमा कति समय बस्ने फिक्स्ड भएको छैन् । ईपीएलको सफलताले गर्दा नै क्रिस गेल नेपाल आउन ईच्छुक भएका हुन् । किर्तिपुर मैदानमा गेललाई हेर्न सबै नेपाली उत्साहीत भएका छन् ।