April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

ऋणमा कडाईले बैकिड क्षेत्रमा ऋण लिनेको संख्या घट्दो

ऋणमा कडाईले बैकिड क्षेत्रमा ऋण लिनेको संख्या घट्दो

माघ १७, काठमाडौं ।
सरकारले लिएको बैंक र कर कार्यालयमा पेश गर्ने वित्तीय विवरण एउटै हुनुपर्ने व्यवस्थाले बैकिड क्षेत्रमा ऋण लिनेको संख्या घटेर गएको छ । ऋण लिनेको संख्या घटेर जाँदा अर्थतन्त्र नै सुस्ताउने त होइन भन्ने चिन्ता थपिएको छ ।
सरकारले विकास निर्माणका काममा तीब्रता दिन नसकेकाले पनि निजी क्षेत्रले लगानी विस्तार गर्न सकेको छैन । राष्ट्र बैंकले पछिल्लो समय सवारी कर्जामा केही कडाइ गरेको छ । अनुत्पादक ठानिएका क्षेत्रहरुमा राष्ट्र बैंकले कडाई गर्दा उत्पादनशील क्षेत्रमा लगानी कम भएको हो ।
बैकिङ क्षेत्रमा अहिले १४ अर्ब तरलता छ । अर्कोतर्फ अन्तरबैंक ब्याजदर सामान्य देखिन्छ । तैपनि बैंकहरु ऋणी खोज्दै हिड्नुपरेको छ । ऋणीहरु बैंकमा ऋण लिन जान हिचहिचई रहेका छन् ।
ब्याजदर महँगो हुँदा पनि गत वर्षको ५ महिनामा २४ प्रतिशतले कर्जा प्रवाह बढेको थियो । यो संकुचित भएर १५ प्रतिशतभन्दा तल झरेको छ । गत वर्ष उद्योगी व्यवसायीले कर्जाको ब्याज महँगो भएको र यसले लगानी विस्तारमा बाधा पुगेको भन्दै ब्याज घटाउन दबाबमूलक अभियान नै चलाएका थिए ।
अहिले बैंकहरुले कर्जामा लिने ब्याज घटाएका छन् । गत वर्षको मंसिरमा कर्जाको औसत ब्याजदर १२ दशमलव ३.२ प्रतिशत थियो, जुन यसपाली घटेर ११ दशमलव ९.३ प्रतिशत छ । तर पनि यतिखेर बैंकमा ऋण लिनेको संख्या घटेर गएको छ ।
कर्जाको माग घटेपछि बैंकहरुले अहिले ठूला ऋणीलाई आधार दरकै हाराहारी कर्जा प्रदान गरिरहेका छन् । साना ऋणीलाई त्यसमा ३ देखि ४ प्रतिशत प्रिमियम जोडदै आएका छन्, तर पनि बैंकबाट ऋण उठेको छैन् । गत वर्षसम्म यस्ता लगानीकर्ताले बैंकबाट ऋण लिन नाफा धेरै बढेको देखाउँथे भने कर कार्यालयमा सकेसम्म नाफा कम देखाउँथे । कतिपयले ब्यावासयीले घाटामै ब्यावसाय देखाएपनि कुनै असर पर्ने थिएन् ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार पुुुसको अन्तिमसम्म साता बाणिज्य बैंकहरुले प्रदान गरेको कर्जा २७ खर्ब ३१ अर्ब रहेकोमा माघको पहिलो साता यो घटेर २७ खर्ब १५ अर्ब छ ।