April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

कोरोना भाइरस : विश्वभर ‘स्वास्थ्य आपतकाल’ घोषणा

कोरोना भाइरस : विश्वभर ‘स्वास्थ्य आपतकाल’ घोषणा

माघ १७, काठमाडौं ।
(एजेन्सी)
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट फैलिएको नोवल कोरोना भाइरस महामारी नियन्त्रणबाहिर गएको भन्दै डब्लुएचओले विश्वभर स्वास्थ्य आपतकालको घोषणा गरेको हो । डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले भन्नुभएको छ, ’हामो सम्पूर्ण ध्यान चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा केन्द्रीत छ ।’
कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म २ सय १३ जनाको मृत्यु भएको छ । संक्रमण अन्य १८ देशमा समेत फैलिएको छ । पछिल्लोपटक भारतमा पनि कोरोना संक्रमण फेला परेको छ । चीन बाहेक अन्य देशमा ९८ जनामा यो संक्रमण देखा परिसकेको छ ।
दुबै छिमेकी मुलक चीन र भारतमा देखिसँगै नेपालमा पनि यस्को उच्च सतर्कता अपनाइएको छ । सरकारले चीनबाट आउनेलाई हेल्प डेक्स राखेर नै सतर्कता अपनाएको छ ।

विशेषगरी कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।