May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कर्णालीका जनताले सामूहिक दुर्घटना बीमा सुविधा पाउन सकेनन्

कर्णालीका जनताले सामूहिक दुर्घटना बीमा सुविधा पाउन सकेनन्

माघ १७, काठमाडौं ।
गत असोज १ गते पाँचौं संविधान दिवसको अवसरमा तामझामका साथ कर्णाली प्रदेशका सबै जनताको बीमा गरिएको भन्दै सम्झौता गर्ने कर्णाली प्रदेश सरकारले अझै बीमा शुल्क तिरेको छैन । राष्ट्रिय बीमा कम्पनीमा गरिएको सो सामूहिक दुर्घटनाको बीमा शुल्क हाल सम्मा कार्यान्वायनमा ल्याउँन नसक्दा कर्णालीका जनताले सामूहिक दुर्घटना बीमा सुविधा पाउन सकेका छैनन् । बीमा शुल्क भुक्तानी नभएका कारण सम्झौता भएर पनि जनताले बीमा शुल्क पाउँन नसकेका हुन् ।
बीमा सम्झौता गरेपनि बीमा शुल्क भुक्तानी नगरेकाले असोज १ गते यता विभिन्न दुर्घटनामा मृत्यु भएका कर्णालीबासीले बीमा दावी भुक्तानी पाउन सकेका छैनन् । समयमा बीमाशुल्क भुक्तानी नहुँदा साढे १७ लाख जनताको सामूहिक दुर्घटना बीमाले औपचारिकता नै पाउन सकिराखेको छैन ।
कर्णाली प्रदेश सरकारले बीमा शुल्क भुक्तानी गर्ने अन्तिम अवस्थामा पुगिसकेको बारम्बार दावी गरेपनि त्यो ब्यावहारमा ल्याउँन नसक्दा बीमा कार्यक्रम नै प्रभावकारी हुन नसकेको हो ।