नेपालमा टेनिस खेल्न आएका अस्ट्रेलियन खेलाडीको मृत्यु

नेपालमा टेनिस खेल्न आएका अस्ट्रेलियन खेलाडीको मृत्यु

१७ माघ, २०७६, काठमाडौं ।
नेपालमा टेनिस खेल्न आएका जापानी मूलका टेनिस स्टार केन्ट यामाजाकीको निधन भएको छ । उनि सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यास गर्ने क्रममा ढलेका थिए । १५ वर्षे यामाजाकीको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो ।
अन्तराष्ट्रिय टेनिस महासंघको जुनियर विश्व वरीयता छनोट राउन्डको शनिबार र आइतबार हुने कार्यक्रममा सहभागीताको लागी तीन दिनअघि उनि आफ्ना बुवासँग नेपाल आएका थिए ।
उक्त गेमका लागी ‘स्पाइरिङ पार्टनर कोही नभएपछि केन्ट कोर्ट नम्बर ६ मा सर्भिस अभ्यास गरीरहेका थिए । नेपाली महिला खेलाडी प्रेरणा कोइराला आफ्नो स्पाइरिङ पार्टनर पर्खेर बसेकी थिइन । प्रेरणासँग ५ मिनेट खेल्नेबित्तिकै एक्कासि ढलेका केन्टलाई उपचारको लागी बीएन्डबी अस्पतालमा पुर्याइएको थियो । अस्पतालले तत्कालै उनको मृत्यु भएको बताएको थियो ।
उनको निधनको खबर पाएपछि अस्ट्रेलियाली दुतावासका प्रतिनिधि अस्पताल पुगेका थिए ।