May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक

लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक

माघ १७, काठमाडौं ।
ह्याकारले लाइसेन्सको अनलाइन फारम प्रणाली नै ह्याक गरेका छन् । बुटवल, पोखरा लगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा अनलाइन फारम प्रणाली नै बन्द गरेको छ । काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ । यसबारेमा प्रहरीलाई समेत जानकारी दिइसकेको विभागले जानकारी दिएको छ ।
विभागले एउटा आइपी एड्रेसबाट सीमित फारममात्र भर्न मिल्ने व्यवस्था मिलाउन मिल्ने तयारी गरेको छ ।