आफ्ना पिएको मृत्युपछि थममायाले लेखिन भाबुक स्टाटस

आफ्ना पिएको मृत्युपछि थममायाले लेखिन भाबुक स्टाटस

माघ १७, काठमाडौं ।
ललितपुर स्थित हेल्थ क्लबमा बुधबार राति ‘साउना बाथ’का क्रममा निसासिएर ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी ३९ वर्षीया पत्नी नेत्रकुमारीको मृत्यु भयो ।
ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका उनीहरुको त्यहीँ मृत्यु भएको थियो । ज्यान गुमाएका हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । पूर्वमन्त्री थममाया थापाले मृतक गर्बुजा दम्पतीको मृत्यु भएपछि भाबुक स्टाटस फेसबुकमा हालेकी छन् । उनले ‘म कुम मनले लेखु तिमी यो संसारमै छैनौं …।’ भन्दै गहिरो दुख पोखेकी छिन् । उनले स्टाटसमा मेरो सहयोगी भनौ वा भाइ भदा छोरा जे भनौ मेरो हरेक दुख सुखमा साथ दिने भन्दै भाबुकता प्रकट गरेकी हुन् ।
यस्तो छ थापाको स्टाटस
‘‘म कुन मनले लेखु कसरी लेखु तिमी यो संसारमा छैनौं भनेर हिजो ४ बजे मात्र बिदावारी भएका थियौँ । मेरो सहयोगी भनौ वा भाइ भदा छोरा जे भनौ मेरो हरेक दुख सखमा नजिकबाट साथ सहयोग गर्ने आफ्नो दायित्व कर्तव्यप्रति, अत्यन्तै निस्ठावान मेरो स्वकीय सचिब हस्तकुमार थापा हिजो सांझ ललितपुर तिखेदेवल स्थित एउटा कल्वमा साउना नुहाउने क्रममा निस्सासिएर निधन भएको छ ।उन्को दुखद निधनले मलाई मात्र नभै सिंगो नेकपाले ठूलो क्षति ब्यहोर्नु परेको छ । सानै उमेर देखि पार्टीलाई सहयोग गर्दै जापान प्रवासिसंगठनमा रहेर लामो समय काम गर्नुको लिलतपुर क्षेत्रिय समनवय समिती ,काठमाडौ म्याग्दी सम्पर्क मंच हुँदै हाल म्याग्दी रघुगंगा गा पा पार्टी कमिटी र अन्य धेरै सघ संस्थामा कार्यरत रहेका छन ।उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । यस दुखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रतिहार्दिक समवेदना । यश दुखद घडीमा सहानुभूति एबं समवेदना प्रकट गर्नुहुने सबै मित्रहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु…’’