June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता फागुनमा

प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता फागुनमा

१७ माघ, २०७६, काठमाडौं ।

प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता फागुन पहिलो साता आयोजना हुने भएको छ । विगत चार वर्षयता महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर म्याराथन आयोजना गर्दै आएको नेपाली सेनाले पाँचौं संस्करणको एकदिने म्याराथन प्रतियोगिता फागुन ३ मा हुने जनाएको छ ।.
उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमि छात्रद्धात्रा दौड ५ किमि हुने भएको छ । म्याराथनमा पहिलो हुने खेलाडीलाई १ लाख २५ हजार रुपैयासँगै एक थान मोटरसाइकल पाउँनेछन् । दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैठौंले १० हजार, सातौंले ७ हजार, आठौंले रु ५ हजार, नवौंले ३ हजार तथा दसौँले २ हजार राशि राखिएको छ ।
त्यस्तै, हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका प्रथम हुनेले ५० हजार र ४५ वर्षमाथि उमेर समुहका खेलाडीले ४० हजार पाउने छन् । त्यस्तै ४५ बर्षसम्मका दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समुहका दोस्रो र तेस्रो हुने खेलाडीले २५ हजार र १५ हजार पाउनेछन् ।

त्यस्तै सैनिक अधिकृत र गैरसैनिकको महिला र पुरुष दौडमा प्रतिस्पर्धामा १० किमि दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र ५ हजार पाउनेछन् ।
पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको दौड प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुने खेलाडीले ५ हजार पाउनेछन् ।
नेपाल भ्रमण २०२० लाई लक्षित गरिएको उक्त म्याराथन भद्रकालीस्थित जंगी अड्डाबाट सुरु भएर नारायण गोपाल चोक हँुदै भद्रकाली आएर टुँगिनेछ ।