June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

बिदेशी बजारमा समेत नेपालको रुस्लान

बिदेशी बजारमा समेत नेपालको रुस्लान

१७ माघ, २०७६, काठमाडौं ।
विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको रुस्लान भोड्का बिदेशी बजारमा समेत उपलब्ध हुन थालेको छ । नेपालको पहिलो रुस्लान भोड्काले आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियम चीन, थाइल्यान्ड लगायतका देशहरुको बजारमा बिस्तार गरेको हो ।
रुस्लान नेपाली बजारमा अद्वितीय गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको पहिलो रोजाइको ब्रान्ड बन्न सफल भएको छ । अहिले रुस्लानले विदेशी बजारमा पनि आफ्नो बजार बिस्तार गर्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।