May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कुमारी बैंकको नयाँ व्याजदर घोषणा

कुमारी बैंकको नयाँ व्याजदर घोषणा

१७ माघ , काठमाडौँ ।
कुमारी बैंकले आज (शुक्रबार) लागु हुने गरि कर्जा तथा बचत खाताका लागी नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
कर्जा प्रवाह गर्दा बेस रेटमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम तिरेर व्याज लिने बैंकको भनाइ छ । हाल बैंकको आधार दर अर्थात् बेस रेट १०.४५ प्रतिशत छ । जसअनुसार बैंकबाट कर्जा लिँदा १६.४५ देखि १८.४५ प्रतिशतसम्म व्याज लाग्ने देखिन्छ ।
बैँकले सामान्य बचतमा न्यूनतम ५.५० प्रतिशत देखि अधिक्त्तम ६.५० प्रतिशतसम्म व्याज दिने भएको छ । फिक्स डिपोजिटमा व्यत्तिगत तर्फ ९.२५ प्रतिशत व्याज दिइने उल्लेख छ । साथै, संस्थागत तर्फ ८.५० प्रतिशत व्याज दिइने छ । संस्थागततर्फको नविकरण गर्दा ८.६० प्रतिशतसम्म व्याज दिइने बैंकको भनाइ छ ।