April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांस प्रस्ताब

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो  लाभांस प्रस्ताब

१९ माघ ,२०७६, काठमाडौँ ।
एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनिलाई लाभांस प्रस्ताब गरेको छ् । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ मु–नाफा बाट १८ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको हो । बैंकको हाल चुक्ता पँुजि ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको रहेको छ ।
उक्त चुक्ता पुँजिको १७.१० प्रतिशतले हुने गरि ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयर प्रयोजनार्थ ०.९० प्रतिशतले हुने गरि ६२ लाख ३४ हजार ०६५.७८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताब गरेको छ ।
प्रस्ताब गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि आगामी आर्थिक वर्षको वार्षिक साधारणसभाबाट वितरण गरिने छ ।