May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक, नाफा ६१.८१ प्रतिशतले वृद्धि

आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक,  नाफा ६१.८१ प्रतिशतले वृद्धि

१९ माघ ,२०७६, काठमाडौँ ।
आरएसडिसि लघुवित्त वित्तिय संस्थाले आफ्नो आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनिले २ करोड ८४ लाख ७९ हजार रुपैया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको भन्दा यस आर्थिक वर्षको खुद नाफा ६१.८१ प्रतिशतले बढि छ । त्यस्तै कम्पनिको खुद ब्याज आम्दानी ४०.६३ प्रतिशत र सञ्चालन नाफा ६९.७४ प्रतिशतले ले बढेको छ ।
कम्पनिको खुद नाफा बढेको कारणले खराब कर्जा घट्नुको साथै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनिको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेको छ । हाल कम्पनिको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९४ पैसा छ ।