June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राष्टिय महिला फुटबल उपाधि चन्द्रपुरलाइ

राष्टिय महिला फुटबल उपाधि चन्द्रपुरलाइ

१९ माघ ,२०७६, काठमाडौँ ।
चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि सहित नगद ३ लाख चन्द्रपुर नगरपालिकाले जितेको छ । खेल शनिबार फाइनलमा प्रवेश गरेसंगै स्याङ्जाको वालिङ नगरपालिकालाई हराउँदै रौतहटको चन्द्रपुर नगरपालिकाको टिमले सो उपाधि हात पार्न सफल भएको हो ।
रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एवं अखिल नेपाल फुटबल संघ एन्फा को समन्वयमा रौतहटको चन्द्रनिगाहपुरमा गत १० माघबाट सुरु भएको थियो । उक्त प्रतियोगितामा देशभरका उत्कृष्ट ८ नगरपालिकाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उपविजेता वालिङ नगरपालिकको टिमले १ लाख ५० हजार पुरस्कार पायो । त्यस्तै सर्वोत्कृष्ट खेलाडी चुनिएकी चन्द्रपुरकी रजनी ठोकरलाई यामहाको स्कुटर पुरस्कार प्रदान गरिएको थियो ।
सेमिफाइनल पुग्ने उदयपुरको चौदण्डीगडी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकालाई टिमलाई जनही ५०÷५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरीले गरेकी थिईन् ।