May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

फागुनमा आयुष्मान र प्रियंकाले लगनगाँठो कस्ने

फागुनमा आयुष्मान र प्रियंकाले लगनगाँठो कस्ने

१९ माघ ,२०७६, काठमाडौँ ।
लामो समयदेखि प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । उनीहरुको आगामी फागुन १७ मा लगन गाँठो कस्ने पक्का भएको हो ।
उनीहरुले टिकाटालो भने करिव २ वर्ष अघि नै गरीसकेकाछन् । प्रियंका कार्कीले थाइल्यान्डमा पुगेर केहिदिन अघि मात्रै ब्याचलर पार्टी गरेकी थिईन् ।
आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताईएको छ ।