नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ भैरहवाबाट शुरू

नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ भैरहवाबाट शुरू

१९ माघ ,२०७६, काठमाडौँ ।

नबिल बैंकलेसाना तथा मझौला उद्यम कर्जाको नयाँ प्रडक्टका रुपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ जारी गरेको छ । उक्त योजना शुक्रवार प्रदेश नम्बर ५ को भैरहवामा आयोजित एक समारोहबीच उद्घघाटन गरिएको थियो ।
उक्त योजना पुस ७ मा काठमाडौंबाट शुरू गरिएको थियो । बैंकको सरल कर्जा अन्तर्गत अधिकतम १० दशमलव ५ प्रतिशत ब्याजदरमा यो कर्जा उपलब्ध रहेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ ।

देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको आवश्यकता सम्बोधन गर्ने र ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको हालसम्म १०२ शाखा १४३ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।